बजेटमार्फत अघि सारियो ‘खुवालुङ’ फुटाउने नीतिगत योजना

काठमाडौं । खुवालुङ फुटाउन सरकारले नीतिगत योजना अगाडि सारेको छ । जेठ १५ गते चालू आर्थिक वर्षको २०७८/७९ को बजेटमार्फत सरकारले किराँत समुदायको आस्था र विश्वाससँग जोडिएको खुवालुङ फुटाउने नीतिगत योजना अघि सारेको हो । बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले भनेका छन्— ‘कोशी नदीको चतरादेखि भोजपुरसम्म जल यातायात सञ्चालन गर्न रहेका अवरोध हटाइनेछ ।’

यसअघि गत वर्षको फागुन ८ गते विराटनगरमा प्रधानमन्त्री केपी शर्मा ओलीले खुवालुङ फुटाएर जेटबोट चलाउने बताएका थिए । तत्पश्चात् किराँत समुदायले खुवालुङ फुटाउन नदिने बताउँदै विभिन्न चरणमा आन्दोलनसमेत गरेका थिए । अभियन्ताहरुले सरकारको कदम खुवालुङ फुटाउने नभई संरक्षणार्थ हुनुपर्ने माग गरिरहेका छन् ।

खुवालुङ कोशी चतरा पुलबाट पाँच किलोमिटर तथा चर्चित धार्मिकस्थल बराहक्षेत्रबाट एक किलोमिटर माथि पर्छ । जुन सरकारले किटान गरेको चतरादेखि भोजपुरसम्मको जल मार्गमै पर्छ । करिब २० फिट चौडाइमा रहेको यो ढुंगालाई खासगरी किराँत समुदायले आफ्नो सांस्कृतिक पहिचानसँग जोडिएको बताइरहेका छन् ।

अभियन्ताहरुले खुवालुङ फुटाउने नीतिगत योजनालाई सांस्कृतिक प्रहार भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *