पटनाका दुग्ध उत्पादक किसान चितवनमा

चितवन । भारतको पटनाका दुग्ध उत्पादक किसानको समूह यहाँको दुग्धजन्य वस्तु उत्पादन र बिक्री वितरणको बारेमा अध्ययन गर्न आएको छ ।

चितवनमा दूध उत्पादनको अवस्था र दुग्धजन्य वस्तुको उत्पादन तथा खपतको बारेमा जानकारी लिन त्यहाँको सुधा डेरीका डेरीका अध्यक्ष सञ्जय कुमारको नेतृत्वमा दुग्ध उत्पादक किसान समूह नेपाल आएको हो ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर वगालले चितवनमा दुग्ध उत्पादनका क्षेत्रमा भएका असल अभ्यास र बजारीकरणका बारेमा टोलीलाई जानकारी गराए ।

चितवनमा अहिले दैनिक तीन लाख ५० हजार दूध उत्पादन हुँदै आएको छ । यहाँको दूधको स्थानीय बजारसँगै पोखरा, काठमाडौँ लगायतका सहरमा पठाइने गरेको छ ।

कतिपय दुग्ध उत्पादक किसानले बिक्री गरेको दूधको अझै भुक्तानी पाउन नसकेको तथा भोग्न परेका समस्याका बारेमा जानकारी गराएको थियो ।

टोलीले यहाँ स्थित दुई वटा डेरी उद्योग, सङ्घले सञ्चालन गरेको डेरीमार्ट लगायतका स्थानको अध्ययन अवलोकनसमेत गरेको छ । सो अवसरमा कुमारले चितवनमा व्यवस्थित तबरले दूध उत्पादन र बिक्री वितरण गरेको भन्दै प्रशंसा गरे ।

नेपालमा दुग्ध पदार्थको व्यवस्थित विवरणले आमउपभोक्ताको अधिकार सुनिश्चित गर्न सहज भएको उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 7 =