खुवालुङ किराँतको मात्रै नभएर विश्वकै सम्पदा हो : दयाहाङ राई

काठमाडौं । अभिनेता दयाहाङ राईले खुवालुङ विश्वकै सम्पदा भएको बताएका छन् । ललितपुरको चासुवा रेष्टुरेन्टमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा अभिनेता राईले खुवालुङ किराँतीको मात्रै नभएको दृष्टान्त सुनाएका हुन् ।

खुवालुङ सरोकार समूहको अवधारणा पत्रसमेत सार्वजनिक गरिएको सो सम्मेलनलाई सम्बोधन गर्ने क्रममा अभिनेता राईले भने–‘आफूभन्दा इतरका मानिसलाई कहिल्यै मानिस नदेख्ने परम्परा छ । हाम्रा मूल्य, मान्यता र दर्शन हामीले थाहा नपाउँदै मासिन्छन् । निमोठिन्छन् ।’ अभिनेता राईले थपे–‘खुवालुङ हाम्रो मात्र होइन, यदि किराँतलाई यो देशको नागरिक मानिन्छ भने खुवालुङ सम्पूर्ण देशकै सम्पदा हो ।’

कोशी, अरुण र तमोरको संगमस्थलमा पर्ने खुवालुङ रक्षार्थ भन्दै गठित सरोकार समूहले बिहीबार ६ बुँदे अवधारणा पत्र सार्वजनिक गरेको छ ।

यसअघि गत फागुन ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले खुवालुङ फुटाएर पानीजहाज चलाउने अभिव्यक्ति दिएका थिए । ओलीको उक्त अभिव्यक्तिले आफ्नो आस्थाको धरोहरमाथि चोट पुगेको भन्दै किराँत समुदायले खुवालुङ रक्षार्थ अभियान चलाइरहेका छन् ।

प्रतिक्रिया