एमाले उपाध्यक्ष विष्णु पौडेलविरुद्ध ३ दिन म्याद थप
२०८३ असार १५ गते

काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलविरुद्ध विशेष अदालतले ३ दिनको म्याद थप गरेको छ ।
सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धानका लागि म्याद थपको माग गर्दै पौडेललाई सोमबार विशेष अदालतमा उपस्थित गराएको थियो ।
न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले ३ दिनको म्याद थपको अनुमति दिँदै आदेशबमोजिम उनलाई न्यायिक हिरासतमा राख्न निर्देशन दिएको हो ।
पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरिएको बताइएको छ । उनीमाथि गरिएको अनुसन्धान शंकास्पद स्रोतबाट आर्जित भनिएको सम्पत्ति तथा सेयर कारोबारसँग सम्बन्धित विषयमा केन्द्रित रहेको विभागको दाबी छ ।
२०८३ असार १५ गते
प्रतिक्रिया
सम्बन्धित









