माइतीघरमा निषेधाज्ञा खारेजीको माग गर्दै फोटो प्रदर्शनी (तस्बिरहरू)
मकालु खबर
२०८० माघ १६ गते
काठमाडौँ । माइतीघर मण्डलाको निषेधाज्ञा खारेजीको माग गर्दै फोटो प्रदर्शनी गरेको छ ।
मंगलबार माइतीघरमा नेविसंघ केन्द्रीय तदर्थ समितिले उक्त फोटो प्रदर्शनी गरिएको हो ।
नेविसंघले मण्डलामा यसअघि भएका ऐतिहासिक आन्दोलनहरूको फोटो प्रदर्शनी गरेको छ ।
उनीहरुले सरकारको आवाज उठाउने थलो संसद भएजस्तै आम नागरिकको आवाज उठाउने थलो माइतीघर भएकोले तत्काल निषेधाज्ञा हटाउन माग गरेका छन् ।
संविधानको धारा १७ को उपधारा १ र उपधारा २ को खण्ड (क) र (ख) ले प्रत्येक नेपाली नागरिकलाई बिना हातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रता प्रत्याभूत गरेको तर सरकारले त्यसको अवज्ञा गरेको भन्दै बिद्यार्थीहरु प्रदर्शनमा उत्रिएका हुन् ।
हेर्नुहोस् तस्बिरहरू :
मकालु खबर
२०८० माघ १६ गते
प्रतिक्रिया
सम्बन्धित