प्रधानमन्त्रीलाई नेकपा एसको ज्ञापनपत्र- महँगीले आत्महत्या बढ्यो, नियन्त्रण गर्नुस् (तस्बिरहरू)
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएको छ ।
आज बालुवाटार पुगेर एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले देशको अर्थतन्त्र गम्भीर संकटतर्फ उन्मुख भइरहेको र जनतालाई बाँच्नसमेत धौ-धौ भइरहेको भन्दै ज्ञापनपत्र बुझाएका हुन् ।
मजदुर, किसान र सर्वसाधारण जनताले महँगीकै कारण दैनिकजसो आत्महत्या गर्न थालेकोसमेत ज्ञापन पत्रमा उल्लेख छ । बढ्दो महँगी नियन्त्रण गर्नसमेत अध्यक्ष नेपालले प्रधानमन्त्रीसँग माग गरेका छन् ।
साथै, भ्रष्टाचार मुक्त गर्ने अभियान सञ्चालन गर्न, बैंकको समस्या समाधान गर्न, कर्जा दिँदा १२ प्रतिशत बढी नहुने गरी व्यवस्था गर्न पनि माग गरेको छ ।
- हेर्नुहोस् ज्ञापनपत्रको पूर्णपाठ :-
प्रधानमन्त्रीलाई नेकपा एसको ज्ञापनपत्र- महँगीले आत्महत्या बढ्यो, नियन्त्रण गर्नुस् #makalukhabar pic.twitter.com/Ds3abl1YtZ
— Makalu Khabar (@makalukhabar) January 31, 2023