प्रधानमन्त्रीलाई नेकपा एसको ज्ञापनपत्र- महँगीले आत्महत्या बढ्यो, नियन्त्रण गर्नुस् (तस्बिरहरू)

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएको छ ।

आज बालुवाटार पुगेर एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले देशको अर्थतन्त्र गम्भीर संकटतर्फ उन्मुख भइरहेको र जनतालाई बाँच्नसमेत धौ-धौ भइरहेको भन्दै ज्ञापनपत्र बुझाएका हुन् ।

मजदुर, किसान र सर्वसाधारण जनताले महँगीकै कारण दैनिकजसो आत्महत्या गर्न थालेकोसमेत ज्ञापन पत्रमा उल्लेख छ । बढ्दो महँगी नियन्त्रण गर्नसमेत अध्यक्ष नेपालले प्रधानमन्त्रीसँग माग गरेका छन् ।

साथै, भ्रष्टाचार मुक्त गर्ने अभियान सञ्चालन गर्न, बैंकको समस्या समाधान गर्न, कर्जा दिँदा १२ प्रतिशत बढी नहुने गरी व्यवस्था गर्न पनि माग गरेको छ ।

  • हेर्नुहोस् ज्ञापनपत्रको पूर्णपाठ :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *