खड्कालाई मत माग्दै इलाममा कांग्रेसको र्‍याली (तस्बिरहरु)

काठमाडौं । नेपाली कांग्रेसले आज शनिवार इलाममा आयोजित चुनावी सभा सम्पन्न गरेको छ ।

इलाम–२ मा काँग्रेस उम्मेदवार डम्बर खड्कालाई मत माग्दै कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा लगायतका नेताहरू इलाम पुगेका थिए ।

कांग्रेस इलाम जिल्ला कमिटीले इलाम बजारमा आयोजना गरेका चुनावी सभामा कार्यकर्ताहरू र्‍याली सहित इलाम बजार परिकर्मा गरेका थिए ।

सभालाई सम्बोधन गर्दै महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धन माघ महिनासम्म भत्किसक्ने दाबी गरेका थिए ।

उनले चुनावको अगाडि गठबन्धन जनतालाई धोका भएको बताए । चुनावको अघिको गठबन्धन बेइमानी, मतदाताको स्वतन्त्रताको अपहरण र मतदाताको अवमूल्यन भएको बताए ।

यस्तै अर्का महामन्त्री विश्वप्रकाश शर्माले निर्वाचनअघिको गठबन्धन गलत हुने बताए ।

उनले इलामले अब परिवर्तन खोजेको पनि बताउँदै एउटाले अर्कोलाई गाली नगरी स्वस्थ आलोचना गरेर चुनाव लड्न आग्रह गरे ।

इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेपाली काँग्रेसबाट उम्मेदवारी दिएका डम्बर खड्काले पहिचानको मुद्दामा नेपाली काँग्रेसले पूर्ण रुपमा सहयोग प्रतिवद्धता व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *