प्रदीप गिरि अर्थात् नेपाली राजनीतिका ‘आजातशत्रु’ ! (अबिच्यूरी भिडिओ)

काठमाडाैँ । राजनीतिमा लागेर शक्ति आर्जन नगर्ने नेताहरू कमै हुन्छन् । जसमध्ये पर्छन् नेपाली कांग्रेसका दिवंगत नेता प्रदीप गिरि । कांग्रेसका संस्थापक नेता बीपी कोइरालाका सहयात्रीसमेत रहेका उनले नेपाली राजनीतिक वृत्तमा बौद्धिक नेताको छवि बनाएका छन् ।
नेपालको प्रायःजसो राजनीतिक आन्दोलन र परिवर्तनलाई नजिकबाट नियालेका गिरिले अन्य राजनीतिक सिद्धान्त र विचार बोक्नेहरूप्रति पनि कहिल्यै वैरभाव राखेनन् । यसले उनलाई नेपाली राजनीतिको ‘आजातशत्रु’ नेता बनायो । २०५१ सालयता संसदीय राजनीतिमा सक्रिय रहेका गिरिले कहिल्यै मन्त्री वा अन्य कुनै राजनैतिक पदको लालच राखेनन् ।
उसो त उनी त्यसयता पटक-पटक सांसद बनिरहे । २०५६ को चुनावमा पराजित उनी २०६४ र ७० को संविधानसभामा समानुपातिक तर्फबाट सांसद बने भने पछिल्लो प्रतिनिधि सभाको चुनावमा प्रत्यक्ष निर्वाचित सांसद बने ।
भारतको जवाहरलाल नेहरू विश्वविद्यालयबाट दर्शनशास्त्र र अर्थशास्त्रमा स्नाकोत्तर गरेका गिरिले ४ वर्ष जेलजीवनसमेत बिताए । अध्ययन, अनुसन्धान तथा लेखन कार्यमा रुचि राख्ने गिरिका लेनिनको जीवनी, नारी मास्र्कवादलगायत एक दर्जनभन्दा बढी पुस्तकहरू प्रकाशित छन् । कम्युनिष्टहरूलाई समेत मास्र्कवाद पढाउन र बुझाउन क्षमता राख्ने उनी भौतिकरूपमा सधैँका लागि अस्ताएका छन् । तर, नेपाली राजनीतिका इमान्दार, अध्ययनशील र निष्ठावान् राजनीतिज्ञहरूका बीच भने उनी सधैँ बाँचिरहनेछन् ।
- सम्बन्धित सामाग्रीहरू
गिरी, साहित्य र समाजवाद
कम्युनिस्टलाई मार्क्सवाद पढाउने कांग्रेस नेता !
प्रदीप गिरिकाे निधनमा कसले के भने ?
प्रदीप गिरीप्रति कांग्रेसको सम्मान : ३ दिनसम्म झण्डा आधा झुकाइने
जीवनमा पिताजत्तिकै प्रभाव राख्ने प्रदीप गिरि !
‘सादगी जीवनशैली, इमान्दारिता र निष्ठा गिरीबाट सिक्नुपर्छ’
गिरी राजनीतिक प्रेरणाका स्रोत हुनुहुन्थ्याे : अध्यक्ष दाहाल
दिवंगत नेता गिरीप्रति श्रद्धाञ्जलि (फाेटाेफिचर)
प्रदीप गिरि चाहन्थे- ‘मरेपछि मेराे शरीर वस्तीपुरमा जलाउनू’
गिरीको निधनमा लहानद्वारा शोक बिदा
प्रदीप गिरी : ढल्याे विचारको एउटा ‘विश्वविद्यालय’








