प्रदीप गिरिकाे निधनमा कसले के भने ?

काठमाडौँ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसका नेता प्रदीप गिरिको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको बताएका छन् ।
आइतबार पार्टी कार्यालय सानेपामा गिरिप्रति श्रद्धाञ्जली अर्पण गर्दै राजनीतिका वैचारिक र समाजवादी चिन्तक गिरिको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको बताएका हुन् । उनको आत्माको चिर शान्तिको कामना गरेका छन् ।
त्यस्तै गिरिप्रति श्रद्धाञ्जली अर्पण गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले समाजवादी चिन्तक गिरीले समाज रूपान्तरणका लागि ठूलो योगदान पुर्याएको बताए । देशलाई रूपान्तरणकारी ढङ्गबाट अघि बढाउन स्पष्ट दृष्टिकोण दिनुहुने सांसद गिरीको निधनले असल राजनीतिज्ञको अभाव खड्किएको उनको भनाइ थियो ।
त्यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गिरीको निधनले मुलुकले सिद्धान्त, निष्ठावान् र अध्ययनशील व्यक्तित्व गुमाएको बताए ।
त्यस्तै लोसपाका नेता राजेन्द्र महत्तोले गिरिको निधनले मुलुकले परिवर्तनको पक्षमा आवाज उठाउने व्यक्ति गुमाएको धारणा राखे ।








