योगनिद्रामा भगवान् विष्णु, दर्शनका लागि बुढानीलकण्ठमा भक्तजन (तस्बिरहरू)

काठमाडौं । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरूले आज श्रद्धा, भक्तिभाव र पूजा–आराधना सहित हरिशयनी एकादशी पर्व मनाउँदै छन्। यस अवसरमा बिहानैदेखि हरिहर (भगवान बिष्णु र शिवको संयुक्त रूप) को विशाल मुर्ति रहेको काठमाडौंको बुढानीलकण्ठ सहित देशभरका विष्णु मन्दिरहरूमा श्रद्वालुको घुइँचो लागेको छ।

हिन्दु वैदिक पुराणमा उल्लेख भए अनुसार असार शुक्ल एकादशीदेखि भगवान विष्णु चार महिनाका लागि क्षीरसागरमा योगनिद्रामा प्रवेश गर्ने अवधिलाई हरिशयन काल वा चतुर्मास भनिन्छ। चतुर्मासभरि विवाह, व्रतबन्धलगायतका शुभ तथा मङ्गल कार्यका लगन नपर्ने धार्मिक विश्वास छ।

हरिशयनी एकादशीका दिन घर–घरमा तुलसी रोप्ने र पूजा गर्ने परम्परा पनि रहेको छ। हिन्दु धर्मशास्त्रमा तुलसीलाई भगवान विष्णुको प्रिय तथा पवित्र स्वरूप मानिन्छ। कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीमा भगवान विष्णु योगनिद्राबाट जागृत भएपछि मात्र शुभकार्यका लगन र मुहूर्त पुनः सुरु हुने धार्मिक मान्यता छ।

तस्बिरहरूः–

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 17 =