अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन

गण्डकी । पहिराका कारण अवरूद्ध बनेको कालीगण्डकी करिडोरको बागलुङ खण्डमा आठ दिनपछि यातायात सेवा सञ्चालन भएको छ ।

बागलुङको जैमिनी नगरपालिका–८ छिस्तीको चौरीखोला पुल नजिकै सडक माथिबाट खसेको पहिराका कारण यही साउन १ गतेदेखि करिडोर अवरूद्ध भएको थियो ।

दुई वटा लोडर र एउटा स्काभेटर प्रयोग गरेर पहिरो पन्छाएपछि शुक्रबारदेखि खडक एकतर्फी रूपमा सञ्चालनमा आएको सडक डिभिजन कार्यालय, बागलुङका प्रमुख हरि सुवेदीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − six =