प्रदीप गिरि चाहन्थे- ‘मरेपछि मेराे शरीर वस्तीपुरमा जलाउनू’

काठमाडाैँ । नेपाली कांग्रेसका वैचारिक नेता प्रदीप गिरिकाे शनिवार राति निधन भयाे । उनकाे निधनपछि आइतबार बिहान कांग्रेसले अन्त्येष्टिकाे कार्यक्रम सार्वजनिक गरेकाे छ । जसअनुसार उनकाे अन्त्येष्टि आर्यघाटमा गरिँदैछ । तर, उनी स्वयम्‌ले भने आफ्नाे शरीर सिराहाकाे वस्तीपुरमै जलाउनू भनेका थिए ।

उनकाे अति निकटस्थहरूकाअनुसार प्रदीपले काठमाडाैँ नभएर वस्तीपुर राेजेका थिए । उनीसँग निकट वरिष्ठ पत्रकार किशाेर नेपालले यसबारे खुलासा गरेका छन् । उनले आफ्नाे फेसबूकमार्फत् भनेका छन्, ‘प्रदीप दाइ चाहनुहुन्थ्यो, उहाँको अन्तिम संस्कार राजधानीको तामझामबाट टाढा, वस्तीपुर, सिराहास्थित आश्रमको शान्त परिवेशमा होस् ।’

साथै उनले प्रदीपकाे याे इच्छा पूरा गर्नसमेत सम्बन्धित सबैलाई आग्रह गरेका छन्, उनले भनेका छन्— उहाँको यो इच्छाको कदर गर्न म नेपाल सरकार तथा सम्बन्धित पक्षसँग आग्रह गर्दछु । पत्रकार नेपालले वस्तीपुरमा कैद गरिएकाे प्रदीपसँगकाे दुईवटा तस्बिरसमेत सार्वजनिक गरेका छन् ।

वस्तीपुरमा दिवंगत नेता प्रदीप गिरि र पत्रकार किशाेर नेपाल । तस्बिर : पत्रकार नेपालकाे फेसबूक ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =