कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्च अदालत पुगेको छ ।

सभापति गगनकुमार थापा नेतृत्वको केन्द्रीय समितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय सदर गर्ने फैसलाविरुद्ध पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितका नेताले पुनरवलोकन निवेदन दिएका हुन् ।

उक्त फैसला कानुन तथा तथ्यका आधारमा त्रुटिपूर्ण रहेको दाबी गर्दै देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काका तर्फबाट बिहीबार वारेसमार्फत पुनरावलोकन निवेदन दर्ता गरिएको देउवा पक्षका एक नेताले बताएका छन् ।

देउवा पक्षले दिएको पुनरवलोकन निवेदन सर्वोच्च अदालतले दर्ता गरेको छ । उक्त निवेदन अब ३ न्यायाधीशको इजलासमा पेसी तोकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − one =