दिवंगत नेता गिरीप्रति श्रद्धाञ्जलि (फाेटाेफिचर)

काठमाडौँ । नेपाली कांग्रेसका बौद्धिक नेता प्रदीप गिरीको निधन भएको छ ।

घाँटीको क्यान्सरबाट पीडित भई लामो समयदेखि उपचाररत नेता गिरीको ललितपुरस्थित मेडिसिटी हस्पिटलमा शनिवार राति ९ः३६ बजे निधन भएको हो ।

नेपाली कांग्रेसका ‘आजातशत्रु’ नेता गिरीको पार्थिव शरीर अहिले ललितपुरस्थित काँग्रेस पार्टी कार्यालय सानेपामा श्रद्धाञ्जलिका लागि राखिएको छ ।

श्रद्धाञ्जलिका लागि प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति प्रधानमन्त्री शेरबहादुर देउवा पार्टी कार्यालय सानेपा पुगेका छन् । त्यस्तै, काँग्रेस नेता रामचन्द्र पौडेल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तथा कांग्रेसका अनेकौँ नेता कार्यकर्ता गिरीप्रति श्रद्धाञ्जलि व्यक्त गर्न सानेपा पुगेका छन् ।

तस्वीरहरू

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 5 =