भावुक हुँदै मेस्सीले भने- अब गुडबाई भन्नुपर्छ

काठमाडौँ । २१ वर्षपछि बार्सिलोनाबाट बिदाइ हुँदै गरेका पूर्वकप्तान तथा खेलाडी लियोनेल मेस्सी पत्रकार सम्मेलनमा भावुक बनेका छन् ।

क्लबबाट बिदा हुने निश्चित भएपछि पत्रकार सम्मेलन गर्दै उनले ‘आफ्ना लागि यो एकदमै कठिन क्षण’ भएको बताए ।

यो पनि : मेस्सीले बार्सा छोड्ने भएपछिका अनुमान र हल्लाहरू

‘यो एकदमै कठिन छ, म यसका लागि तयार नै थिइनँ,’ उनले भने, ‘गत वर्ष म क्लब छोड्न तयार भएको थिएँ । तर, यस वर्ष मेरो परिवार र म बार्सिलोनामै आफ्नो बसाइ लम्ब्याउने योजनामा थियौँ‚’ उनले भावकु हुँदै भने‚ ‘आज मैले ‘गुड-बाई’ भन्नुपर्छ, म यहाँ १३ वर्षको हुँदा आइपुगेको थिएँ । र, २१ वर्षपछि आज मेरी श्रीमती र छोराछोरीसँगै बिदा हुँदैछु ।’

६ पटकका बालोन डी’‌ओर विजेता मेस्सीले अब जाने क्लब कुन हुने भन्ने तय भइनसकेको बताए । ‘अहिलेसम्म मैले कसैसँग कुनै पनि सम्झौता गरेको छैन ।’

यो पनि :
विश्व, युरोप र बार्सामा मेस्सीका कीर्तिमानहरू
अर्थको अभावमा बार्साको शिरबाट उम्किएको ताज

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × two =