२१ वर्षपछि बार्सिलोना छाड्दै मेस्सी

काठमाडाैँ । स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीले दुई दशकपछि बार्सिलोना छाड्ने निश्चित भएको छ । बार्सिलोनाले बिहीबार अर्जेन्टिनी स्टार मेस्सीसँग सम्झौता नवीकरण नभएको जनाएको छ । मेस्सीले २१ वर्षपछि बार्सिलोना छाड्न लागेका हुन् ।

२००० देखी बार्सिलोनामा रहेका ३४ वर्षीय मेस्सीले २००४ मा बार्सिलोनाको सिनियर टिममा डेब्यु गरेका थिए । बार्सिलोनालाई सबै खाले उपाधि जिताएका मेस्सीले क्लबमा एकपछि अर्को कीर्तिमान बनाएका छन् । उनले ७ सय ७८ खेलमा ६ सय ७२ गोल गरेका छन् ।

क्लबले वित्तीय संरचनाको कानुनी अडचनले गर्दा सम्झौता नवीकरण गर्न नसकिएको जनाएको छ । यस अघि मेस्सीले बार्सिलोनासँग पाँच वर्षे सम्झौता गर्ने प्रचार गरिएको थियो ।

मेस्सीले बार्सिलोनाबाट १० ला लिगा उपाधि जित्दा ४ च्याम्पियन्स लिगको उपाधि जितेका छन् । यस्तै उनले ७ पटक कोपा डेल रे उपाधि हात पारे । मेस्सीले आफ्नो कप्तानीमा गत महिना अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाएका थिए ।

बार्सिलोनाले बिहिबार एक विज्ञप्ति जारी गर्दै मेस्सीसँग सम्झौता नवीकरण नभएको स्पस्ट पारेको हो । क्याटलन क्लबको एकेडेमीमा हुर्किएका मेसी अब फ्री ट्रान्सफरमा अन्य क्लब जानेछन् ।

६ पटकको बालोन डी’ओर विजेता मेस्सी गत जुन ३० बाट क्लब सँगको सम्झौताबाट फ्रि भएका थिए । यद्यपि उनी अब कुन क्लब जाने भन्ने निश्चित भएको छैन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *