विश्व, युरोप र बार्सामा मेस्सीका कीर्तिमानहरू

काठमाडौँ । लियोनल मेस्सी स्पेनिस क्याटलन क्लब बार्सिलोनामा नरहने निश्चित भएको छ । दुःखका बाबजुद मेस्सी र बार्साले आफ्नो आबद्धता टुंग्याउने भएका हुन् । यसैबीच मेसीले बार्सिलोनामा रहँदा दिलाएका विभिन्न कीर्तिमानहरूको चर्चा सुरु भएको छ । यसबारेमा बार्सिलोना क्लबको आधिकारिक पोर्टलमा समेत चर्चा भएको छ ।

मेस्सीले विश्व, युरोप र बार्सिलोनामा बनाएका रेकर्डहरू :

विश्व कीर्तिमानहरू
. मेस्सी एकै सिजनमा बालोन डीओर, पीचीची ट्रफी, फीफा विश्व खेलाडी र गोल्डेन बुट विजेता खेलाडी बन्ने एक्ला खेलाडी हुन् । यो सन् २००९/१० सिजनमा सम्भव भएको थियो ।

. मेस्सी ६ पटकसम्म  बालोन डि’ओर (विश्वका सर्बाेत्कृष्ट खेलाडीले पाउने उपाधि) उचाल्ने एकमात्रै खेलाडी हुन् । उनले २००९, २०१०, २०११, २०१२, २०१५ र २०१९ मा बालोन डि’ओर उचालेका थिए ।

. तीन बालोन डि’ओर सबैभन्दा युवा अवस्थामा उचाल्ने खेलाडी पनि मेस्सी नै हुन् । उनले सन् २०१२ जनवरी ९ मा २४ वर्ष ६ महिना १७ दिन हुँदा तेस्रो उपाधि उचालेका थिए ।

. सबैभन्दा धेरै ६ वटा गोल्डेन बुट जित्ने खेलाडी पनि मेस्सी नै हुन् । उनले सन् २००९/१०, २०११/१२, २०१२/१३, २०१६/१७, २०१७/१८ र २०१८/१९ मा गोल्डेन बुट जितेका थिए ।

. मेस्सी औपचारिक प्रतिस्पर्धाको एक सिजनमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी पनि हुन् । सन् २०११/१२ को एकै सिजनमा उनले ७३ गोल गरेका थिए । जसमा ५० गोल स्पेनिस लिगमा, १४ गोल च्याम्पियन्स लिगमा, ३ गोल कोपा दे रेमा, ३ गोल स्पेनिस सुपर कपमा, १ गोल युरोपियन सुपर कपमा र २ गोल क्लब विश्वकपमा गरेका थिए ।

. एकै क्यालेन्डरमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी पनि मेस्सी नै हुन् । सन् २०१२ मा उनले ९६ गोल गरे । जसमा बार्साको तर्फबाट ८४ र अन्जेन्टिनाको तर्फबाट १२ गोल गरे ।

. एकै वर्षमा सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडी पनि मेस्सी हुन् । उनले सन २०१२ मा २५ गोल गरेका थिए । च्याम्पियन्स लिगमा १३ र अर्जेन्टिनको तर्फबाट १२ गोल गरेर उनले यो माइलस्टोन भेटेका हुन् । यो रेकर्डसँगै उनले ११२ वर्ष अगाडि सन् १९०९ मा भिभियन जोन वुडवार्डले बनाएको रेकर्डसँग बराबरी गरेका छन् ।

. एकै क्लबमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी पनि मेस्सी हुन् । उनले सान्तोस क्लबका लागि गरेको ६४३ गोलभन्दा धेरै ६७२ गोल बार्साको लागि गर्न सफल भएका छन् ।

युरोपका कीर्तिमानहरू

. सन् १९६६/६७ मा गोल्डेन बुट राख्न सुरु गरेपछिको सबैभन्दा धेरै गोल गर्ने खेलाडी मेसी हुन् । सन् २०११/१२ को सिजनमा ५० गोल गरेर उनले यो रेकर्ड राखेका थिए ।

. च्यापिम्पयन्स लिगमा सबैभन्दा धेरै क्लबविरुद्ध गोल गर्ने रेकर्ड पनि मेस्सीकै नाममा छ । उनले क्रिश्चियानो रोनाल्डोको ३५ टीमभन्दा धेरै ३६ टीमविरुद्ध गोल गरेका छन् ।

बार्सिलोनाका कीर्तिमान

. बार्साको सबैभन्दा धेरै औपचारिक खेल खेल्ने एक्ला खेलाडी मेस्सी हुन् । उनले जम्मा ७७८ खेल खेलेका छन् ।
. लिगमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी हुन् मेस्सी । उनले सन् २००४ अक्टोबरमा सुरु गरेर ५२० खेलहरू खेलेका छन् ।

३. औपचारिक खेलमा १०० गोल गर्ने सबैभन्दा कान्छा खेलाडी पनि मेस्सी हुन् । सन् २०१० को जनवरी १६ मा २२ वर्ष हुँदा उनले यो रेकर्ड भेट्टाएका थिए ।

. २०० गोल औपचारिक खेलमा गर्ने कान्छा खेलाडी पनि मेस्सी नै हुन् । उनले सन् २०११ नोभेम्बर १ मा २४ वर्ष हुँदा यो रेकर्ड बनाएका थिए ।

. मेस्सीले युरोपियन कप र च्यापिम्पयन्समा सबैभन्दा धेरै १२० गोल बार्साबाट गरेका छन् । उनका निकट गोल भने १०० हाराहारीमात्रै छ ।

. मेस्सी क्लबको एक सिजनमा भएका ६ प्रतिस्पर्धामा लगातार गोल गर्ने एक्ला खेलाडी हुन् । उनले सन् २०११ मा यो रेकर्ड बनाएका थिए ।

. मेसी बार्सिलोनाबाट च्यापिम्यन्स लिगको एक संस्करणमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन् । उनले सन् २०११/१२ को सिजनमा १४ गोल गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *