‘जीडब्लुएम ओरा ५’ बन्यो लन्डन डिजाइन अवार्ड्समा ‘डिजाइन अफ द इयर’ जित्न सफल गाडी

काठमाडौँ। नेपालमा सार्वजनिक भएको एक सातामै जीडब्लुएम (GWM) को नयाँ विद्युतीय स्पोर्ट्स युटिलिटी सवारी (एसयूभी) ओरा ५ ले अटोमोबाइल बजारमा उल्लेखनीय चर्चा बटुलिरहेको बेला यसले अन्तर्राष्ट्रिय स्तरमा पनि अर्को महत्त्वपूर्ण सफलता हासिल गरेको छ।
जीडब्लुएमको पूर्ण विद्युतीय मोडेल ओरा ५ ले प्रतिष्ठित लन्डन डिजाइन अवार्ड्स २०२५ अन्तर्गत उत्पादन डिजाइन–सवारीसाधन विधामा ‘डिजाइन अफ द इयर’ उपाधि जित्दै आफ्नो विश्व स्तरीय डिजाइन उत्कृष्टतालाई पुनः प्रमाणित गरेको हो।
यो सम्मानले ओरा ५ को आकर्षक बाह्य स्वरूप मात्र नभई अत्याधुनिक प्रविधि, प्रयोगकर्ता–केन्द्रित सोच तथा स्मार्ट गतिशीलताप्रतिको जीडब्लुएमको दृष्टिकोणलाई अन्तर्राष्ट्रिय स्तरमा थप स्थापित गरेको छ।
‘प्राकृतिक सौन्दर्य’ को अवधारणामा आधारित ओरा ५ ले ‘प्रकृतिबाट प्रेरित, सहरका लागि निर्मित’ भन्ने मूल सोचलाई आत्मसात् गर्दै जैविक प्रेरणाबाट विकसित बाह्य बनावट, आकर्षक वक्राकार संरचना, पानीको थोपा शैलीका अगाडिका बत्ती तथा एकीकृत पछाडिका बत्तीमार्फत आधुनिक सौन्दर्य र प्रविधिको उत्कृष्ट संयोजन प्रस्तुत गरेको छ।
यसमा कफी पाइलट अल्ट्रा स्मार्ट चालक सहायता प्रणाली, कफी ओएस–३ स्मार्ट सञ्चालन प्रणाली, उच्च बलियो इस्पात संरचना, सात वटा हावा भरिने सुरक्षा कुसन (एयर ब्याग) तथा अन्तर्राष्ट्रिय पाँच–तारे एएनक्याप र पाँच–तारे युरो एएनक्याप सुरक्षा मूल्याङ्कन प्राप्त सुरक्षा प्रणाली समावेश गरिएको छ।
ओरा ५ ले एक पटक पूर्ण रूपमा चार्ज गर्दा अधिकतम ५२० किलोमिटरसम्म यात्रा गर्न सक्ने क्षमता प्रदान गर्दछ। यसमा २०० मिलिमिटर ग्राउन्ड क्लियरेन्स, २० भन्दा बढी उन्नत चालक सहायता प्रणाली (एडास), ३६० डिग्री क्यामेरा, १८० डिग्री च्यासिस दृश्य क्यामेरा, आफैँ साना कोटाहरू पुरिने विशेष रङ (सेल्फ–हिलिङ पेन्ट), प्यानोरामिक मुनरुफ तथा उत्कृष्ट भित्री सजावट (प्रिमियम इन्टेरियर) सहित आधुनिक र सुरक्षित विद्युतीय सवारी चलाउने अनुभव उपलब्ध गराइएको छ। यसको विशेष प्रारम्भिक मूल्य रु. ४६ लाख ९९ हजार बाट सुरु हुन्छ।
नेपालमा सार्वजनिक भएको छोटो अवधिमै ओरा ५ ले आफ्नो आकर्षक डिजाइन, आधुनिक प्रविधि, उच्च सुरक्षा मापदण्ड तथा प्रिमियम विशेषताका कारण अटोमोबाइल बजार र सामाजिक सञ्जालमा व्यापक चर्चा बटुल्न सफल भएको छ। ग्राहक, अटोमोबाइल पारखी तथा उद्योगसँग सम्बन्धित व्यक्तिहरूबाट प्राप्त सकारात्मक प्रतिक्रियाले ओरा ५ लाई नेपाली विद्युतीय सवारी बजारको बहु प्रतीक्षित तथा चर्चित मोडेलका रूपमा स्थापित गरिरहेको छ।
नेपालका लागि जीडब्लुएमका आधिकारिक आयातकर्ता तथा वितरक भिजी इम्पेक्स प्रालिले विश्व स्तरीय विद्युतीय सवारी नेपाली ग्राहकसमक्ष ल्याउने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै निकट भविष्यमै हाभल जोलियन म्याक्स ईभी तथा हाभल एच–७ समेत नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरिरहेको जनाएको छ। यी नयाँ मोडेलहरूको आगमनसँगै जीडब्लुएमले नेपालमा आफ्नो विद्युतीय तथा स्मार्ट एसयूभी पोर्टफोलियोलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ।
विश्वभर एक करोडभन्दा बढी सवारीसाधन बिक्री गरिसकेको तथा १७० भन्दा बढी देश तथा क्षेत्रमा आफ्नो उपस्थिति विस्तार गरिसकेको जीडब्लुएमले नवीन प्रविधि, उत्कृष्ट डिजाइन र उच्च सुरक्षा मापदण्डमार्फत नेपाली अटोमोबाइल बजारमा नयाँ मापदण्ड स्थापित गर्ने विश्वास व्यक्त गरेको छ।








