इलेक्ट्रिक स्कुटर ‘एथर’ अब वीरगञ्जमा

काठमाडौँ । इलेक्ट्रिक स्कुटर ब्रान्ड Ather Nepal ले आफ्नो नयाँ Ather Experience Center वीरगञ्जमा सञ्चालनमा ल्याएको घोषणा गरेको छ ।
यससँगै Ather ले देशभर दिगो तथा स्मार्ट विद्युतीय यातायातको पहुँच विस्तार गर्ने आफ्नो अभियानलाई थप मजबुत बनाएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार वीरगञ्जको आदर्शनगरस्थित नयाँ Experience Center १८ जुन २०२६ देखि गेटवे मोटर्स प्रा. लि. को व्यवस्थापनमा सञ्चालनमा आएको हो । यस नयाँ केन्द्रले मधेस प्रदेशका ग्राहकहरूलाई एथरका आधुनिक, प्रविधिमैत्री तथा उच्च प्रदर्शनयुक्त इलेक्ट्रिक स्कुटरहरू अझ सहज रूपमा उपलब्ध गराउनेछ ।
वीरगञ्जमा नयाँ केन्द्र सञ्चालनमा आएपछि एथर नेपालको देशभरका एक्सपिरियन्स सेन्टरहरूको संख्या १२ पुगेको छ । यसमा काठमाडौँ उपत्यकाका ५ केन्द्रसहित पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर, बिर्तामोड र वीरगञ्ज रहेका छन् ।
ग्राहकहरूलाई उत्कृष्ट बिक्रीपछिको सेवा प्रदान गर्न Ather Nepal ले देशभर आफ्नो 10 अधिकृत सर्भिस सेन्टरहरूको सञ्जाल पनि विस्तार गर्दै आएको छ । यसले एथर प्रयोगकर्ताहरूलाई सहज, भरपर्दो र सन्तोषजनक स्वामित्व अनुभव प्रदान गर्ने लक्ष्य राखेको कम्पनीले जानकारी दिएको छ ।
नयाँ वीरगञ्ज एक्सपिरियन्स सेन्टरमा एथरको सम्पूर्ण स्कुटर दायरा उपलब्ध हुनेछ, जसमा प्रदर्शन केन्द्रित एथर ४५० सिरिज तथा परिवारमैत्री एथर रिज्टा समावेश रहेको बताइएको छ ।
Ather 450 सिरिज
कम्पनीका अनुसार Ather 450 सिरिज उत्कृष्ट प्रदर्शन, स्मार्ट प्रविधि र रोमाञ्चक राइडिङ अनुभव खोजिरहेका ग्राहकहरूका लागि डिजाइन गरिएको हो । यसमा Google Maps आधारित नेभिगेसन, AutoHold, Fall Safe, Reverse Mode, विभिन्न Ride Modes तथा Responsive Touchscreen Dashboard जस्ता अत्याधुनिक सुविधाहरू उपलब्ध छन्, जसले प्रिमियम इलेक्ट्रिक स्कुटरको नयाँ मापदण्ड स्थापित गरेको कम्पनीले दाबी गरेको छ ।
Ather Rizta
Ather Rizta आधुनिक परिवार र दैनिक प्रयोगलाई ध्यानमा राखेर डिजाइन गरिएको स्कुटर हो। यसमा फराकिलो सिट, ठूलो अन्डर-सिट स्टोरेज, Traction Control, Tow & Theft Alerts, Dashboard मा WhatsApp Notifications तथा आरामदायी body posture जस्ता सुविधाहरू समावेश छन्, जसले सुरक्षा, सुविधा र स्मार्ट प्रविधिको उत्कृष्ट संयोजन प्रदान गर्ने बताइएको छ ।
वीरगञ्ज एक्सपिरियन्स सेन्टरमा ग्राहकहरूले Ather का सम्पूर्ण इलेक्ट्रिक स्कुटरहरू अवलोकन गर्न सक्ने बताइएको छ । प्रत्यक्ष उत्पादन प्रदर्शन अनुभव गर्न सक्नेछन्। Ather 450 सिरिज तथा रिज्टाको टेस्ट राइड लिन सक्नेछन् । Ather का स्मार्ट तथा कनेक्टेड प्रविधिबारे जानकारी प्राप्त गर्न सक्नेछन् । आकर्षक फाइनान्सिङ तथा एक्सचेन्ज योजनाबारे बुझ्न सक्नेछन् ।
ग्राहकहरूको सहज स्वामित्व अनुभव सुनिश्चित गर्न Ather ले यस क्षेत्रमा समर्पित सेवा सहायता व्यवस्था समेत विस्तार गरेको छ । प्रशिक्षित प्राविधिक, जेन्युइन स्पेयर पार्ट्स तथा समयमै मर्मत–सम्भार सेवामार्फत ग्राहकहरूले भरपर्दो सेवा प्राप्त गर्ने कम्पनीले जानकारी दिएको छ ।
नेपालमा विद्युतीय सवारीसाधनको पूर्वाधार सुदृढ बनाउन एथर नेपालले आफ्नो Ather Grid Fast Charging Network लाई पनि तीव्र रूपमा विस्तार गरिरहेको छ ।
नवीन प्रविधि, उत्कृष्ट उत्पादन तथा ग्राहक केन्द्रित सेवामार्फत एथरले नेपालभर प्रिमियम विद्युतीय गतिशीलतालाई सहज र सुलभ बनाउने लक्ष्य लिएको कम्पनीको भनाई छ ।
Ather Nepal ले नयाँ एक्सपिरियन्स सेन्टरको उद्घाटनको अवसरमा असार १२, २०८३ सम्मका लागि विशेष सीमित अवधिका अफरहरू समेत सार्वजनिक गरेको छ । यस अन्तर्गत
- विस्तारित ब्याट्री वारेन्टी
- आकर्षक फाइनान्सिङ सुविधा (०% ब्याजसम्म)
- एक्सचेन्ज गर्दा रु. ८,००० सम्म अतिरिक्त मूल्याङ्कन लाभ
जस्ता विशेष सुविधाहरू उपलब्ध हुनेछन्, जसले स्मार्ट र दिगो यातायाततर्फको यात्रालाई अझ सहज बनाउने कम्पनीले जनाएको छ ।









