लक्ष्मी हुन्डाईलाई ‘आईएमईए सेवा प्रदर्शन पुरस्कार’ प्रदान, भारत, मध्यपूर्व र अफ्रिका क्षेत्रमै उत्कृष्ट

काठमाडौँ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले हुन्डाई मोटर कम्पनीबाट प्रतिष्ठित इन्डिया, मिडल इस्ट एन्ड अफ्रिका सर्भिस पर्फर्मेन्स अवार्ड प्राप्त गरेको छ ।

गाडी बिक्रीपछिको उत्कृष्ट मर्मत-सम्भार (आफ्टर-सेल्स सर्भिस) र उच्च ग्राहक सन्तुष्टिका लागि कम्पनीलाई यो सम्मान दिइएको हो

ग्राहकलाई गाडी चढुन्जेल भरपर्दो सहयोग मिलोस् भन्ने उद्देश्यले कम्पनीले लगातार आफ्ना सेवा केन्द्रहरूको सञ्जाल बढाउन, कर्मचारीहरूको क्षमता सुधार्न र भौतिक पूर्वाधार आधुनिक बनाउन लगानी गरिरहेको जानकारी दिएको छ ।

अन्तर्राष्ट्रिय मञ्चमा नेपालको लक्ष्मी हुन्डाईले यसरी ग्राहक सेवाको विश्वस्तरीय मापदण्ड कायम गरेर पुरस्कार जित्नु देशकै लागि गौरवको क्षण भएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले बिक्रीपछिको सेवालाई छोटो अवधिको व्यापार नभई दीर्घकालीन प्रतिबद्धता बताएको छ । यो ठूलो सफलता सिङ्गो लक्ष्मी हुन्डाई टोलीको निरन्तर मेहनत, लगनशीलता र ग्राहकलाई सधैं पहिलो प्राथमिकतामा राख्ने साझा प्रयासको नतिजा भएको बताएको छ ।

यस अवसरमा लक्ष्मी हुन्डाईले आफ्ना सम्पूर्ण आदरणीय ग्राहकहरूलाई उनीहरूको विश्वास र साथका लागि कृतज्ञता व्यक्त गरेको छ । साथै, यो अन्तर्राष्ट्रिय पहिचान दिलाउन सफल हुने आफ्ना कर्मचारीहरूको कडा मिहिनेतको उच्च कदर गरेको बताइएको छ ।

यो सम्मानले आगामी दिनमा नेपाली गाडी बजारमा उत्कृष्ट सेवा र ग्राहक सन्तुष्टिका नयाँ मापदण्डहरू स्थापना गर्न थप बल पुर्‍याएको लक्ष्मी हुन्डाईले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 + five =