कर संरचना परिवर्तनको प्रभाव: सीजी मोटोकर्पले सुजुकी ई-भिटाराको मूल्य घटायो

काठमाडौँ । सिजी मोटोकर्प प्रा. लि., नेपालमा सुजुकी अटोमोबाइल्सको अधिकृत वितरक, सुजुकी ई-भिटाराले आज तत्काल प्रभावबाट का सम्पूर्ण चार भेरियन्टमा रु. १,००,००० (एक लाख) को मूल्य कटौती घोषणा गरेको छ ।

नेपाल सरकारले ब्याट्री इलेक्ट्रिक सवारी साधन (BEV)मा भन्सार महसुल तथा कर दरमा गरेको परिवर्तनका कारण मूल्य कटौती घोषणा गरेको कम्पनीले जानकारी दिएको छ ।

Suzuki e-Vitara चार भेरियन्टमा उपलब्ध छन् । कम्पनीका अनुसार प्रत्येकमा संशोधित बजेटपश्चात् परिचयात्मक मूल्य निम्नानुसार रहेका छन्:

भेरियन्टBattery / Powerमुख्य विशेषताहरूबजेटपश्चात मूल्यएमआरपी
eVITARA Delta49 kWh | 108 kWप्रवेश भेरियन्ट। 440 km range। 7 एयरब्याग + V2L।NPR 48,99,000NPR 52,99,000
eVITARA Zeta61 kWh | 128 kW500 km Range। Delta भन्दा उन्नत विशिष्टता।NPR 52,99,000NPR 57,99,000
eVITARA Alpha61 kWh | 128 kWप्रिमियम इन्टेरियर + भेन्टिलेटेड सिट + उन्नत एम्बियन्ट लाइटिङ।NPR 58,99,000NPR 63,99,000
eVITARA Alpha DT61 kWh | 128 kWड्युअल-टोन फ्ल्यागसिप। पूर्ण प्रिमियम विशिष्टता। यस मूल्यमा नेपालको सबैभन्दा शक्तिशाली EV।NPR 59,49,000NPR 64,49,000

परिचयात्मक मूल्य पहिलो १०० बुकिङका लागि मात्र र सीमित अवधिका लागि लागू हुने कम्पनीले जानकारी दिएको छ । बजेटपश्चात् संशोधित मूल्य सबै नयाँ बुकिङ र अपूर्ण अर्डरहरूमा तत्काल प्रभावबाट लागू हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − three =