युवा राइडरलाई लक्षित गर्दै नेपालमा टिभिएस एनटर्क १२५ रेस एक्सपी ‘ब्लेज ब्लु’ सार्वजनिक

काठमाडौँ । जगदम्बा मोटर्सले नेपालमा टिभिएस एनटर्क १२५ रेस एक्सपीको नयाँ ‘ब्लेज ब्लु’ संस्करण सार्वजनिक गरेको छ ।
नेपालका लागि टिभिएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले बिहीबार बुढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा आयोजित विशेष कार्यक्रममा स्कुटरको नयाँ रंग संस्करण सार्वजनिक गरेको हो । कार्यक्रमको उद्घाटन कम्पनीका उपाध्यक्ष दीपक रौनियारले गरेका थिए ।
कार्यक्रममा ग्राहक, सञ्चारकर्मी, सामग्री निर्माता, मोटरसाइकलसम्बन्धी भिडियो निर्माता (मोटो भ्लगर) तथा टिभिएसप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको कम्पनीले जनाएको छ ।
कार्यक्रममा ८० भन्दा बढी सञ्चारकर्मी र ५० भन्दा बढी सामग्री निर्माता तथा मोटो भ्लगर सहभागी भएका थिए ।
कम्पनीका अनुसार नयाँ ब्लेज ब्लु संस्करण विशेषगरी शैली, प्रदर्शन क्षमता र दैनिक प्रयोगलाई प्राथमिकता दिने युवा राइडरलाई लक्षित गरी ल्याइएको हो । आकर्षक निलो रंग, खेलकुद शैलीका ग्राफिक्स, धारिलो डिजाइन र बलियो सडक उपस्थितिका कारण स्कुटर अझ आकर्षक बनेको कम्पनीको दाबी छ ।

टिभिएस एनटर्क १२५ रेस एक्सपीले बोल्ड डिजाइन, शक्तिशाली प्रदर्शन र टिभिएस रेसिङबाट प्रेरित प्रविधिका कारण युवामाझ छुट्टै पहिचान बनाएको कम्पनीले जनाएको छ । नयाँ ब्लेज ब्लु संस्करणले उक्त पहिचानलाई थप मजबुत बनाउँदै स्कुटरलाई अझ ऊर्जाशील र आकर्षक बनाएको बताइएको छ ।
स्कुटरले प्रतिलिटर ५० किलोमिटरको परीक्षण गरिएको माइलेज तथा आजीवन वारेन्टी सुनिश्चितता जस्ता सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ । यी सुविधाले ग्राहकलाई प्रदर्शनसँगै विश्वसनीयता, मितव्ययिता र दीर्घकालीन स्वामित्वको भरोसा दिने कम्पनीको विश्वास छ ।
कार्यक्रममा बोल्दै जगदम्बा मोटर्सका उपाध्यक्ष रौनियारले टिभिएस एनटर्कले सधैं प्रदर्शन, प्रविधि र आकर्षक शैली खोज्ने युवा राइडरहरूसँग बलियो सम्बन्ध कायम राख्दै आएको बताए । नयाँ ब्लेज ब्लु संस्करणले उक्त पहिचानलाई थप नयाँ र उत्साहजनक रूपमा प्रस्तुत गर्ने उनको भनाइ थियो ।

उनले आफ्नो सवारीमार्फत फरक पहिचान बनाउन चाहने राइडरका लागि यो नयाँ संस्करण आकर्षक विकल्प बन्ने विश्वास व्यक्त गरे ।
कम्पनीका अनुसार सार्वजनिक कार्यक्रम नयाँ रंग संस्करणको परिचयमा मात्र सीमित नभई टिभिएस एनटर्कको रेसिङ भावना, युवा ऊर्जा र आधुनिक स्कुटरिङ अनुभव प्रस्तुत गर्ने अवसरसमेत बनेको थियो ।
जगदम्बा मोटर्सले टिभिएस ब्रान्डमार्फत नेपाली बजारमा युवा पुस्ताको बदलिँदो आवश्यकता अनुरूपका मोटरसाइकल तथा स्कुटर उपलब्ध गराउँदै आएको जनाएको छ । कम्पनीले देशभर फैलिएको आधिकारिक डिलर सञ्जालमार्फत ग्राहकले नजिकैको टिभिएस शोरुममा गई नयाँ एनटर्क १२५ रेस एक्सपी ब्लेज ब्लुबारे थप जानकारी प्राप्त गर्न सक्ने जनाएको छ ।










