फिफा विश्वकपको उत्साहसँगै ‘जिली महा फुटबल फेस्ट’ सुरु, प्रत्येक गोलमा १ लाख रुपैयाँसम्म छुट

काठमाडौँ। फिफा विश्वकप २०२६ को माहौललाई लक्षित गर्दै नेपालमा जिली ईएक्स–५ र बीएडब्ल्यू सवारीसाधनको आधिकारिक आयातकर्ता तथा वितरक एलआरआर मोटर्सले ‘जिली महा फुटबल फेस्ट तथा सुपर एक्सचेन्ज क्याम्प’ सुरु गरेको छ।

आज (असार ५) देखि सञ्चालनमा आएको यो विशेष प्रवर्द्धनात्मक कार्यक्रम असार ९ गतेसम्म गैरीधारास्थित जिली शोरुममा सञ्चालन हुनेछ। कार्यक्रममा जिली ईएक्स–५ खरिद गर्ने ग्राहकले पेनाल्टी प्रहार प्रतियोगितामा गरेको प्रत्येक गोलबापत एक लाख रुपैयाँसम्म नगद छुट प्राप्त गर्नेछन्। त्यसै गरी, बीएडब्ल्यू ई–७ प्रो खरिद गर्ने ग्राहकले प्रत्येक गोलबापत २५ हजार रुपैयाँ नगद छुट पाउने व्यवस्था गरिएको छ।

फुटबलको रोमाञ्चलाई विद्युतीय सवारी खरिदसँग जोड्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा ग्राहकलाई थप सहभागितामूलक र मनोरञ्जनात्मक अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ। यसका लागि विशेष फुटबल मैदानको व्यवस्था गरिएको छ, जहाँ विद्युतीय सवारी खरिद गर्न इच्छुक ग्राहकहरूले जिली तथा बीएडब्ल्यूका बिक्री प्रतिनिधिलाई गोलरक्षक बनाएर पेनाल्टी प्रहार गर्न सक्नेछन्। ग्राहकले गरेको गोलको सङ्ख्याअनुसार उनीहरूले नगद छुट प्राप्त गर्नेछन्।

नगद छुटका अतिरिक्त ग्राहकले एक वर्षको अटो प्लस बिमा, एक वर्षको वार्षिक सवारी कर तथा निःशुल्क दुई–इन–वन अनुकूलित चार्जर पनि प्राप्त गर्नेछन्। कार्यक्रममा ‘भेहिकल–टु–लोड’ (सवारीबाट विद्युत् आपूर्ति) प्रविधिमा आधारित कफी अनुभव, प्रत्येक परीक्षण यात्रा (टेस्ट ड्राइभ) मा उपहार सामग्री तथा पर्याप्त पार्किङ सुविधाको समेत व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

यसै गरी, ‘सुपर एक्सचेन्ज क्याम्प’ अन्तर्गत पुराना सवारी साटफेर गर्दा आकर्षक लाभ, सवारी मूल्याङ्कन सेवा तथा विशेष अफरहरू पनि उपलब्ध हुनेछन्।

कार्यक्रमबारे जानकारी दिँदै एलआरआर मोटर्सका बिक्री प्रमुख अधिर श्रेष्ठले फुटबलले उत्साह, जोस र उपलब्धिमार्फत मानिसहरूलाई एकताबद्ध बनाउने उल्लेख गर्दै सोही भावनालाई सवारी खरिद यात्रासँग जोड्ने प्रयास गरिएको बताए। उनले यस अभियानले ग्राहकलाई रमाइलो गर्ने, आफ्नो क्षमता परीक्षण गर्ने तथा उल्लेखनीय बचत गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गरे।

“चाहे प्रिमियम जिली ईएक्स–५ होस् वा व्यवहारिक बीएडब्ल्यू ई–७ प्रो, प्रत्येक गोलले ग्राहकका लागि थप मूल्य र बचत सुनिश्चित गर्छ,” श्रेष्ठले भने।

कम्पनीका अनुसार उन्नत प्रविधि, प्रिमियम आराम, बुद्धिमान सुरक्षा प्रणाली तथा उत्कृष्ट यात्रा दूरीका कारण जिली ईएक्स–५ ले नेपाली विद्युतीय एसयूभी बजारमा नयाँ मापदण्ड स्थापित गर्दै आएको छ। त्यस्तै, निकट भविष्यमा नेपाली बजारमा सार्वजनिक हुने तयारीमा रहेको बीएडब्ल्यू ई–७ प्रो व्यवहारिक, किफायती तथा वातावरणमैत्री यातायात समाधान खोजिरहेका ग्राहकका लागि आकर्षक विकल्प बन्ने अपेक्षा गरिएको छ।

एलआरआर मोटर्सले सम्पूर्ण ग्राहक, फुटबल प्रेमी तथा विद्युतीय सवारी खरिदमा रुचि राख्ने व्यक्तिलाई गैरीधारास्थित जिली शोरुममा उपस्थित भई कार्यक्रमको रोमाञ्च प्रत्यक्ष अनुभव गर्न, नवीनतम विद्युतीय सवारीको परीक्षण यात्रा गर्न तथा आकर्षक छुट जित्ने अवसरको लाभ उठाउन आग्रह गरेको छ। कम्पनीका अनुसार कार्यक्रम आजदेखि जुन २३ (असार ९) सम्म सञ्चालन हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 13 =