कालो सिसा हटाउने विषयमा नाडा र काठमाडौं उपत्यका ट्राफिक प्रहरीबीच छलफल

काठमाडौँ । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले असार १५ गते काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुरेशप्रसाद काफ्लेसँग भेटगरी सवारी साधनहरूमा प्रयोग भइरहेको कालो सिसा हटाउने सन्दर्भमा विस्तृत रूपमा छलफल गरेको थियो ।

सो छलफलको क्रममा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख काफ्लेले अन्तर्राष्ट्रिय अभ्यासमा नभएका कालो सिसा भएका सवारी साधनहरू विभिन्न आपराधिक क्रियाकलापमा प्रयोग भइरहेको देखिएकोले सवारी व्यवस्थापन ऐन २०४९ मा भएको व्यवस्था अनुसार सवारी साधनहरूमा कालो सिसा हटाउन लागेको जानकारी दिए ।

त्यसैगरी उनले सवारी साधन प्रयोगकर्ताहरूले न्यूनतम रूपमा सवारी साधनको अगाडीको सिसामा कालो सिसा लगायत कुनै पनि स्टिकर टाँस्न नपाउने व्यवस्था रहेकोले सवारी साधन पैठारीकर्ताहरूले आ–आफ्नो सवारी साधन खरिदकर्तालाई यसबारे जानकारी दिन आग्रह समेत गरे ।

साथै उनले कालो सिसा प्रयोग गर्न चाहने सवारी साधन प्रयोगकर्ताले सरकारको अनिवार्य अनुमति लिनु पर्ने जानकारी दिँदै सवारी साधन पैठारीकर्ताहरूले पनि आफ्नो मेनुफेक्चरि· कम्पनीबाट कालो सिसा भएका सवारी साधनहरू आयात गर्न नहुने बताए ।

सो छलफलमा नाडाका अध्यक्ष उपे्रतीलेसवारी साधनहरूमा कालो स्टिकर (फिल्म) प्रयोग भइरहेकोले त्यसलाई हटाउन प्राविधिक रूपमा खासै समस्या नरहेकोले सर्वप्रथम कालो स्टिकर हटाउने प्रक्रियामा जानु उपयुक्त हुने सुझाव दिए ।

त्यसैगरी सो छलफलमा उपस्थित भएका नाडाका निवर्तमान अध्यक्ष करण चौधरीले अर्को चरणमा अटोमोवाइल मेनुफेक्चरि· कम्पनीबाटै कालो सिसा जडान भएर आएका सवारी साधनहरूको हकमा त्यस्ता सवारी साधनहरूको संख्या खासै धेरै नभएकोले त्यसको संख्या समेत यकिनगरी हटाउन सकिने बताए ।

यस सम्बन्धमा तत्काल छलफलका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले नाडालाई लिखित अनुरोध गरेको थियो । सो छलफलमा नाडाकोतर्फबाट उपाध्यक्ष अभिक ज्योति समेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 5 =