राष्ट्रिय महिला भलिबलमा एपिएफ र न्युडायमण्ड विजयी

काठमाडौं । एपिएफ क्लव र न्यु डायमण्ड स्पोटर््स क्लवले सातौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा विजयी शुरुवात गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा एपिएफले नेपाल पुलिस क्लव र न्युडायमण्डले त्रिभुवन आर्मी क्लवलाई ३–१ को समान सेटमा हराउँदै जित निकालेका हुन् ।

शेरबहादुर खड्का स्मृति प्रतिष्ठान आयोजनामा चार टोलीले मात्र प्रतिष्पर्धा गरेको प्रतियोगिता राउन्ड रोविन लिगका आधारमा हुँदैछ । पहिलो खेलमा न्युडायमण्डले २५–१२, २५–१५, १७–२५ र २५–२१ ले हरायो । दोस्रो खेलमा एपिएफले पनि विभागीय प्रतिद्वन्द्वी पुलिसलाई २५–२१, २५–२२, २५–१७ र २५–१५ ले हराउँदै सुखद् शुरुवात गरेको हो ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्यसचिव टंकलाल घिसिङले उद्घाटन गरेका थिए । उद्घाटनका अवसरमा पुलिसकी खेलाडी पुनम चन्द नगदसहित ५० हजार रुपैयाँसहित स्पेसल अवार्डबाट सम्मानित भइन् । राखेपका सदस्यसचिव घिसिङले उनलाई सम्मान गरेका हुन् ।

राउण्ड रोविन लिगका आधारमा हुने प्रतियोगितामा शीर्ष २ स्थानमा हरने टिम फाइनलमा प्रवेश गर्ने छन् । चारै टिमले नगद पुरस्कार पाउने छन् । विजेताले चार लाख ९९ हजार र उपविजेताले दुई लाख ५० हजार नगद पुरस्कार जित्ने छन् ।

तेस्रो हुने टोलीले एक लाख २५ हजार तथा चौथोले ६२ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५० हजार, विधागततर्फ उत्कृष्ट हुनेले जनही २५ हजार र हरेक खेलको प्लेयर अफ दी म्याचलाई १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *