‘दोषी भए सजाय देऊ, नत्र विश्वकप खेल्न देऊ’

काठमाडौं । गायिका रचना रिमालले क्रिकेटर सन्दीप लामिछानेलाई दोषी भए सजाय दिन र निर्दोष भए विश्वकप खेल्न दिन माग गरेकी छन् ।

आज आइतबारका लागि तोकिएको पेशी पनि ‘हेर्न नमिल्ने’मा परेपछि गायिका रिमालले सामाजिक सञ्जालमा लेख्दै असन्तुष्टि पोखेकी हुन् ।

उनले लेखेकी छन्– ‘दोषी भए कानुन अनुसार सजाय देऊ, निर्दोष भए विश्वकप खेल्न देऊ ।’

उनको पोष्टमा सन्दीपका समर्थकले सहमत जनाएका छन् ।

आइतबार लामिछानेको मुद्दा पाटन उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको इजलासमा पेशी तोकिएको थियो । पेशी तोकिए पनि यो मुद्दा हेर्न नमिल्ने सूचीमा परेको हो ।

पटकपटक धकेलिएको सुनवाईबाट आज सफाई पाउने आशा सन्दीप पक्षले लिएको थियो । तर, उच्चमा विभिन्न कारण देखाएर तीनपटकसम्म सुनवाई स्थगित भइसकेको छ । जसले गर्दा सन्दीपले सफाई पाएर विश्वकप क्रिकेटका लागि खेल्ने सपना धकेलिँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *