अमेरिका पुग्यो विश्वकप खेल्ने नेपाली टोली

काठमाडौं । आइसीसी टि२० विश्वकप २०२४ खेल्नका लागि नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली अमेरिका पुगेको छ । विश्वकपको तयारीका लागि नेपाली टोली एक महिनाअगावै अमेरिका प्रस्थान गरेको हो ।

नेपालले फ्लोरिडामा केही दिन प्रशिक्षण गरेर वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टमा जानेछ । त्यहाँ गएर विश्वकप नै हुने मैदानमा नेपालले प्रशिक्षण र अभ्यास खेल खेल्नेछ । त्यसपछि टोली अन्तिम तयारीका लागि टेक्सासको ह्युस्टन आउने तयारी छ ।

नेपालले विश्वकपका लागि यसअघि नै १५ सदस्यीय अन्तिम टोली घोषणा गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *