सन्दीपको पर्खाइको दूरी बढ्यो, मुद्दा हेर्न नमिल्ने सूचीमा

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा परेको छ । लामिछानेको मुद्दा पाटन उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुङगेलको इजलासमा पेशी तोकिएको थियो । पेशी तोकिए पनि यो मुद्दा हेर्न नमिल्ने सूचीमा परेको हो ।

पटकपटक धकेलिएको सुनवाईबाट आज सफाई पाउने आशा सन्दीप पक्षले लिएको थियाे । तर, उच्चमा विभिन्न कारण देखाएर तीनपटकसम्म सुनवाई स्थगित भइसकेको छ । जसले गर्दा सन्दीपले सफाई पाएर विश्वकप क्रिकेटका लागि खेल्ने सपना धकेलिँदै आएको छ ।

मुद्दामा यसअघि झगडिया झिकाउन र गौशालाको जन्म मितिको विवरण झिकाउन आदेश दिइएको थियो । काठमाडौँ अदालतले सन्दीपले जबरजस्ती करणी गरेको ठहर गर्दै आठ वर्ष कैद र तीन लाख जरिवाना तथा दुई लाख रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको थियो ।

सन्दीप यही फैसला विरुद्ध उच्च अदालत गएका हुन । त्यस्तै जिल्ला अदालतको फैसलाविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय पनि उच्च अदालतमा पुनरावेदनमा गएको छ । उच्च अदालत पाटनले दुवै पुनरावेदनलाई एक साथ सुनुवाइ अगाडी बढाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *