मुद्दामा आज सुनुवाइ

सफाइ पाए विश्वकपमा सहभागी हुनेछन् सन्दीप !

काठमाडौं । नेपाली क्रिकेट राष्ट्रिय टिमका पूर्व कप्तान एवं क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा उच्च अदालतमा पेसी तोकिएको छ । यसअघि तीनपटक पेसी तोकिएर पनि ‘फाइनल’ हुन नसकेको सो मुद्दा आज भने पेसी सूचीमा पहिलो नम्बरमै परेको हो ।

पेसी सूचीमा पहिलो नम्बरमै परेकाले सुनुवाइ हुने सम्भावना बढी छ । सन्दीपले जिल्ला अदालतको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए । तर, उच्चमा विभिन्न कारण देखाएर तीनपटकसम्म सुनवाइ स्थगित भइसकेको छ । जसले गर्दा सन्दीपले सफाइ पाएर विश्वकप क्रिकेटका लागि खेल्ने सपना धकेलिँदै आएको छ ।

यदि आज सुनुवाइ भएर सफाइ पाएमा नेपालका तर्फबाट सन्दीपले विश्वकपमा समेटिन सक्नेछन् । विश्वकप विश्वकप हेरफेर गर्ने डेडलाइन आउँदो २५ तारेखसम्म रहेकाले सन्दीपले सफाइ पाएर विश्वकपमा सहभागी हुने अपेक्षा नेपाली क्रिकेटप्रेमीहरुले लिएका छन् ।

सन्दीप यसअघि विश्वकपका लागि अमेरिका प्रस्थान गर्न लागेको नेपाली टिमको बिदाइमा सहभागी भएका थिए भने पछिल्ला दिनमा नेपाली राष्ट्रिय टिमको खेल हेर्न क्रिकेट मैदानसम्म जाने गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *