आरसिबीले गुजरातलाई हरायो

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले गुजरात टाइटन्सलाई पराजित गरेको छ । शनिबार राति सम्पन्न खेलमा रोयल च्यालेन्जर्सले गुजरातलाई ४ विकेटले पराजित गरेको हो ।

गुजरातले दिएको १४८ रनको लक्ष्य पछाएको रोयल च्यालेन्जर्सले १३.४ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

यस अघि गुजरातले टस हारेर पहिला ब्याटिंग गर्दै १९.३ ओभरमा अल आउट हुदै १४७ रन बनाएको थियो ।

यो जितपछि रोयल च्यालेन्जर्स बैंगलुरुको ११ खेलमा ४ जितसहित ८ अंक भएको छ र सातौं स्थानमा उक्लिएको छ । त्यस्तै गुजरातको भने यो सातौं हार हो । ११ खेलमा ८ अंक रहेको गुजरात नवौं स्थानमा झरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *