गौर हत्याकाण्डविरुद्ध कारण देखाउ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले रौतहटको गौरमा भएको हत्याकाण्डको विषयमा कारण देखाउ आदेश जारी गरेको छ ।

बुधबार सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले गौर हत्याकाण्डविरुद्ध कारण देखाउ आदेश जारी गरेको हो ।

२०८० साल जेठ २१ गते त्रिभुवन शाहले गौरमा भएको नरसंहारकारी हत्या काण्ठको विरुद्धमा सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रहरी प्रधान कार्यालय लगायतलाई विपक्षी बनाइ दायर भएको रिटमा बुधबार आदेश आएको हो ।

२०६३ साल चैत ७ गते रौतहटको गौरमा माओवादी र तत्कालिन जनाधिकार फोरमले एकै स्थानमा कार्यक्रम गरेका थिए। सो क्रममा दुइ पक्षबीच झडप हुँदा २७ जनाको ज्यान गएको थियो भने ११५ जना घाइते भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *