सवारी दुर्घटना न्यूनीकरण गर्न सरकारले नियम बनाएर मात्रै हुँदैन : यातायातमन्त्री लम्साल

काठमाडौँ । बागमती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले सवारी दुर्घटना न्यूनीकरण ट्राफिक प्रहरीले कारबाही गरेर र सरकारले नियम बनाएर मात्रै नहुने बताएका छन् ।

आइतबार पूर्वअरनिको यातायात प्रा.लि.ले काठमाडौंमा आयोजना गरेको दुर्घटना न्यूनीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । सवारी साधना न्यूनीकरण गर्न सबैभन्दा बढी जिम्मेवारी सवारी चालक हुनुपर्ने बताए ।

मन्त्री लम्सालले सरकारले कानुन उल्लङ्घन गर्नेलाई कारबाही गर्दैमा सवारी दुर्घटनामा कम हुन नसक्ने दाबी गरे । उनले सडक दुर्घटना कम गर्न सवारी साधनको इस्टेरिङ बस्ने सवारी चालक बढी सचेत हुन आवश्यक रहेको बताए । उनले सवारी चालकले आफूले पाएको जिम्मेवारी सजगतापूर्ण निर्वाह गनुपर्ने बताए ।

उनले भने ‘ट्राफिक प्रहरीले सावरी साधन समातेर र सरकारले नियम बनाएर मात्रै सडक दुर्घटना न्यूनीकरण हुन सक्दैन । सडक दुर्घटना कम गर्न सवारी साधनको इस्टेरिङ बस्ने सवारी चालक बढी सचेत हुनुपर्छ । सवारी चालक जिम्मेवार हुनुपर्छ । आफूले पाएको जिम्मेवारी सतर्कता पूर्ण निर्वाह गनुपर्छ । सवारी साधनमा हुने दुर्व्यवहार र ट्राफिक प्रहरीको दुव्यवहार पनि व्यवसायीहरूले भन्ने गर्नुभएको छ । यातायातको क्षेत्रमा समस्या व्यवसायी,ट्राफिक प्रहरीमा मात्रै छैनन् । सबैतिर समस्या भएकाले यातायात क्षेत्रका समस्या साझा ढङ्गले समाधान गर्नुपर्छ । सवारी दुर्घटना र समस्या समाधान गर्न सबैभन्दा बढी नेतृत्वदायी भुमिका यातायात व्यवसायीहरूको हुन्छ ।’

उनले यातायातको क्षेत्रमा समस्या व्यवसायी,ट्राफिक प्रहरी र सरकार मिलेर साझा ढङ्गले समाधान गर्न आवश्यक रहेको बताए । उनले सवारी दुर्घटना र समस्या समाधान गर्न सबैभन्दा बढी नेतृत्वदायी भुमिका यातायात व्यवसायीहरूको भएको उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *