रामेछापमा कांग्रेसको कार्यक्रममा आसन ग्रहणका क्रममा कुटाकुट

नेपाली कांग्रेसको भातृ संगठन आदिवासी जनजाति महासंघको जिल्ला अधिवेशनमा आसन ग्रहणका क्रममा विवाद हुँदा केही नेता कुटिएका छन् भने केहीलाई कार्यकर्ताले लखेटेका छन्।

खाँडादेवी गाउँपालिका वडा नम्बर ८ स्थित गाल्बा बजारमा शनिवार आयोजित जनजाति महासंघको प्रथम जिल्ला अधिवेशन उद्घाटन सत्रमै झडप भएपछि कार्यक्रम स्थगित भएको छ।

भागेका केही नेता हेलिकोप्टर मगाएर काठमाडौं फर्किदैछन् भने सांसद तथा जिल्ला सभापति कान्छाराम तामाङलाई प्रहरीले सुरक्षित रुपमा मन्थली लगेको छ।

अधिवेशनमा आसनग्रहणको विवाद भएर कुटपिटमा परिणत भएको जानकारी आएको रामेछापका डिएसपी प्रदिपकुमार सिंहले बताए। उनका अनुसार जितवहादुर मगर र बेनवहादुर तामाङ घाइते भएका छन्।

लखेट्नेक्रममा ढुंगामुढा भएको थियो भने कुटाइबाट केही नेता रक्तामत्य भएका छन्। चौलागाई र थोकरप्रति पहिलेदेखि नै कार्यकर्ता असन्तुष्ट रहेको र लोकप्रिय व्यक्तिलाई नेतृत्व नस्वीकार्ने भनेपछि विवाद बढेको कार्यक्रमका एक सहभागीले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *