माओवादी बिनाको बन्यो सहकारी छानविनको टीओआर बनाउने कार्यदल

शनिबार अपरान्हदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दल र प्रतिपक्षी दलहरूबीचको बैठकले संसदीय छानबिन समिति बनाउने निर्णय गरेको छ।

अवरुद्ध संसद् खुलाउन दलहरुले संसदीय छानविन समिति बनाउने सहमति गरेका हुन्।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा समिति बनाउनुपर्ने माग राख्दै संसदअवरोध गर्दै आएको थियो।

समिति बनाउने सहमती भए पनि समितिको टिओआर कस्तो हुने भन्ने टुंगो लगाउन बाँकी छ। टिओआर बनाउन ४ सदस्यीय कार्यदल बनेको छ। तर कार्यदलमा प्रधानमन्त्रीको दल माओवादीको भने प्रतिनिधित्व छैन।

कानुन मन्त्री पदम गिरीको संयोजकत्वमा रहेको कार्यदलमा नेपाली कांग्रेसका जीवन परियार, रास्वपाका शिरि खनाल र एमालेका प्रमुख सचेत महेश बर्तौला रहनेछन्। एमालेबाट दुई जनालाई राख्दा माओवादी भने कार्यदलमा नरहने भएको हो।

शनिबार बिहान कार्यदलले टिओआर बारे छलफल गर्ने छ। सहमती जुटेमा भोलि नै संसद बैठक सुचारु हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *