माओवादी केन्द्रको बैठक सुरु, भोलि पनि बस्ने
२०८१ साउन ११ गते

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र केन्द्रीय पदाधिकारीको बैठक आजदेखि सुरु भएको छ। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा बैठक सुरु भएको हो ।
बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष अग्नि सापकोटा, उपमहासचिव वर्षमान पुन, सचिवहरू चक्रपाणि खनाल, सुरेन्द्र कार्की र हितराज पाण्डेले भनाइ राखे। बैठकमा पदाधिकारीहरु बोल्ने क्रम जारी छ । बैठक भोलि पनि बस्नेछ ।
२०८१ साउन ११ गते
प्रतिक्रिया
सम्बन्धित








