प्रधानमन्त्री र ओलीलाई सभामुखले दिए तीन सुझाव

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई संसद्को अवरोध खुलाउने विषयमा तीन सन्देश दिएका छन् ।

सभामुखको सचिवालयका अनुसार सभामुखले सहमति गरेपछि संसद् सञ्चालन गर्न, प्रधानमन्त्रीले विश्वासको मत लिनुअघि नै सहमति गर्न र अध्यादेशबाट बजेट ल्याउने संविधानले नै परिकल्पना नगरेको सन्देश दिएका छन् ।

सभामुखले प्रधानमन्त्री र ओलीलाई दिएका तीन सन्देशः

१) प्रमुख विपक्षी दलसँग कति चरण बसेर हुन्छ सहमति गर्नुहोस् । म निर्वाध र सौहार्द्रपूर्ण ढंगबाट संसद् सञ्चालन होस् भन्ने चाहन्छु । जति बल गरेर संसद् चलाए पनि एक क्षणमा त सहमति गर्नैपर्छ । पछि होइन, अहिल्यै सहमति गर्नुहोस् । भोलि बिहान ११ बजे अघि नै सहमतिमा पुग्नुहोस् ।

२) नीति तथा कार्यक्रम पास गर्न, प्रधानमन्त्रीले विश्वासको मत लिन र बजेट प्रस्तुत गर्ने कार्य असमझदारी र अवरोधका बीच गर्दा राम्रो सन्देश जाँदैन ।

३) सार्वजनिक सञ्चार माध्यममा आएजस्तो अध्यादेशबाट बजेट ल्याउने परिकल्पना संविधानले गरेको छैन । अध्यादेशबाट बजेट ल्याउने, कानून ल्याउने हो भने संसद् र जनप्रतिनिधिको महत्व घटेर जान्छ ।

सभामुखको सन्देशपछि प्रधानमन्त्रीले पुनः कांग्रेससँग बसेर सहमति गर्ने बताएका सभामुखको सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *