गण्डकीका मुख्यमन्त्रीले विश्वासको मत पाएको घोषणा

काठमाडौं । गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको घोषणा गरिएको छ ।

सभामुख कृष्णप्रसाद धितालले सर्वोच्च अदालतको व्याख्याअनुसार अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका हुन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदको विरोधका बावजुद सभामखु धितालले उक्त घोषणा गरेका हुन् ।

धितालले आफूलाई पनि संविधानको धारा १८६ अनुसार मतदान गर्ने अधिकार भएको भन्दै आफूसहित मुख्यमन्त्री अधिकारीलाई बहुमत भएको घोषणा गरे ।

सभामुखले असंवैधानिक बाटोबाट मुख्यमन्त्रीलाई बहुमत पुगेको घोषणा गरेका भन्दै कांग्रेस सांसदहरुले कालोझण्डा देखाएर विरोध गरेका थिए ।

मुख्यमन्त्री अधिकारीले ३० मत पाएका थिए । प्रदेशसभामा ६० सांसद छन् । बहुमतका लागि ३१ सिट चाहिन्छ । तर सभामुखले ३० लाई नै बहुमत घोषणा गरिदिएका हुन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *