राष्ट्रपति पौडेल र जापानका परराष्ट्रमन्त्री कामिकावाबीच भेटवार्ता (तस्बिरहरू)

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष जापानका परराष्ट्रमन्त्री योको कामिकावाले राष्ट्रपति भवनमा शिष्टाचार भेट गरेकी छन् ।

सो अवसरमा नेपाल र जापानबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रिपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उक्त भेटमा राष्ट्रपति पौडेलले नेपालको सामाजिक तथा आर्थिक विकासमा जापान लामो समयदेखि एक महत्त्वपूर्ण तथा विश्वासिलो विकास साझेदारको रूपमा रहेको उल्लेख गर्दै नेपाल र जापानबीच आगामी दिनहरूमा आर्थिक सहयोग लगायत अन्य सहकार्यका क्षेत्रहरू थप विस्तार हुने कुरामा विश्वास व्यक्त गरे ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *