गण्डकीका सभामुखलाई कांग्रेसले देखायो कालोझण्डा

काठमाडौं । गण्डकी प्रदेशसभाका सभामुख कृष्ण धिताललाई कांग्रेस सांसदहरुले संसद् बैठकमै कालोझण्डा देखाएका छन् ।

सभामुखले असंवैधानिक बाटोबाट मुख्यमन्त्रीलाई बहुमत पुगेको घोषणा गरेका भन्दै कालोझण्डा देखाएर विरोध गरेका हुन् ।

मुख्यमन्त्री अधिकारीले ३० मत पाएका थिए । प्रदेशसभामा ६० सांसद छन् । बहुमतका लागि ३१ सिट चाहिन्छ । तर सभामुखले ३० लाई नै बहुमत घोषणा गरिदिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *