उपेन्द्र नेतृत्वको जसपा फुट्यो, नयाँ पार्टी दर्ताका लागि निवेदन

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटको संघारमा पुगेको छ ।

आइतबार पार्टीका वरिष्ठ उपाध्यक्ष अशोक राईले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।

संघीय संसदमा जसपाबाट १२ जना सांसदको प्रतिनिधित्व रहेको छ । जसमध्ये बहुमत सदस्यहरुको हस्ताक्षरसहित राईको नेतृत्वमा नेताहरु निर्वाचन आयोग पुगेको स्रोतले जानकारी दिएको छ ।

स्रोतका अनुसार अहिले पार्टीको नाम जसपा नेपाल रहेकामा राईको नेतृत्वमा दाबी गरिएको पार्टीको नाम ‘नेपाल’ हटाएर जसपा मात्र कायम गर्न निवेदन दिइएको हो ।

राईले अध्यक्ष यादवको कार्यशैलीप्रति आलोचना गर्दै आइरहेका थिए ।

उपप्रधान एवं श्वास्थ्यमन्त्री समेत रहेका जसपा अध्यक्ष यादव विदेश भ्रमणमा रहेका बेला पार्टी फुटको संघारमा पुगेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *