अशोक राई नेतृत्वमा यस्तो बन्यो नयाँ पार्टी

जनता समाजवादी पार्टी नेपालबाट विभाजित भएर बनेको अशोक राई नेतृत्व ‘जसपा’ले पार्टीका पदाधिकारी र केन्द्रीय समितिमा रहनेहरूको नाम टुंगो लगाएको छ ।

जसपा नेपालकै जस्तो संगठनात्मक संरचना रहनेछ । आइतबार विभाजनपछि निर्वाचन आयोगमा केन्द्रीय कमिटीका ३० जनाले निवेदन दिएका छन् ।

पार्टीको संघीय परिषद्को अध्यक्षमा राजेन्द्र श्रेष्ठ रहने छन् भने केन्द्रीय अध्यक्षमा अशोक राई हुनेछन् ।

केन्द्रीय अध्यक्ष पार्टीको कार्यकारी भूमिकामा क्रयाशिल हुने जसपा नेपालको जस्तो अभ्यास यो पार्टीमा पनि हुन्छ । पार्टीको सहअध्यक्षमा रेणु यादव रहनेछिन् भने उपाध्यक्ष ४ जना रहनेछन् ।

नवलकिशोर साह सुडी, रणध्वज लिम्बु, परशुराम बस्नेत र सुशीला श्रेष्ठ उपाध्यक्ष रहनेछन् । महासचिवमा मोहम्मद इस्तियाक राई, उपमहासचिवमा प्रदीप यादव, सचिवमा दीपक कार्की र रञ्जु ठाकुर तथा कोषाध्यक्षमा वीरेन्द्र महतो रहनेछन्।

विभाजित पार्टीमा संघीय संसदका ७ जना सांसद छन् । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमानसिंह पनि नयाँ पार्टीमा छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *