सन्दीप लामिछानेको मुद्दा ‘हेर्न नभ्याइने’मा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदनको मुद्दा ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र पुरुषोत्तम ढकालको इजलासमा आजका लागि पेसी तोकिएको थियो ।

तर आजका लागि न्यायाधीशद्वयले उक्त मुद्दालाई ‘हेर्न नभ्याइने’ सूचीमा राखेका हुन् ।

गत वैशाख ३ गतेको सुनुवाइमा न्यायाधीशले वडाबाट एउटा कागजात मगाउने आदेश दिएका थिए । त्यसबेला अदालतले गौशाला २६ ले जन्मदर्तामा जन्ममिति सच्याउन दिएको निवेदन झिकाउन आदेश गरेको थियो । साथै, जन्ममिति सम्बन्धी स्पष्ट हुने कागजात पनि माग्ने आदेश भएको थियो ।

जिल्ला अदालत काठमाडौंले गत पुस १३ गते नै लामिछानेले गौशाला २६ लाई जबरजस्ती करणी गरेको भन्दै दोषी ठहर गरेको थियो भने २५ फागुनमा जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई ८ वर्ष जेल सजाय र ५ लाख रुपैयाँ जरिवाना गर्ने सजाय निर्धारण गरेको थियो ।

जिल्ला अदालतको फैसला उपर लामिछाने पुनरावेदनका लागि उच्च अदालत पाटन गएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *