विश्वकप खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइमा पुगे सन्दीप लामिछाने पनि

आईसीसी टी–२० विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ। बिदाइमा पूर्व कप्तान समेत रहेका सन्दीप लामिछाने पनि सहभागी भएका छन्। शुक्रबार नेपाल क्रिकेट संघ (क्यान) ले विश्वकप खेल्न जाने टोलीको बिदाइ कार्यक्रम गरेको हो।

जबर्जस्ती करणीको मुद्दामा जिल्ला अदालत काठमाडौंले दोषि ठहर गरेका कारण सन्दीप हाल क्रिकेट टोलीमा छैनन्। तर क्यानले गरेको बिदाइ कार्यक्रममा भने उनी पनि पुगेर सहकर्मीहरुलाई शुभकामना दिएका हुन्।

नेपाली टोलीमा कप्तान रोहित पौडेल, आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्र सिंह ऐरी र ललित राजवंशी रहेका छन् । त्यस्तै, करन केसी, गुल्सन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, अविनाश बोहरा, सागर ढकाल र कमल सिंह ऐरीले पनि टोलीमा स्थान बनाउन सफल भएका छन् ।

टी–२० विश्वकपको नवौँ संस्करण आगामी जुन १ तारिखदेखि अमेरिका र वेस्ट इन्डिजमा सुरु हुँदैछ । नेपाल समूह ‘डी’ मा छ । यो समूहमा दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *