खालिस्तानी कमाण्डर अमृतपालका सहयोगी पक्राउ

भारतमा ‘खालिस्तान’ राज्यको छुट्टै माग गर्दै अभियान चलाएको आरोपमा प्रहरीले खोजी गरिरहेका अमृतपाल सिंहका एक सहयोगी पक्राउ परेका छन्।

उनका सहयोगी पापलप्रित सिंह पञ्जाबबाट पक्राउ परेका हुन् ।

सिंहलाई पञ्जाबको होशियारपुरबाट प्रहरीले पक्राउ गरेको भारतीय पत्रिका द हिन्दुको अनलाइन संस्करणले जनाएको छर

सिंहलाई पञ्जाब प्रहरी र पञ्जाब काउन्टर इन्टेलिजेन्सको संयुक्त टोलीले पक्राउ गरेको र अमृतसर ग्रामीण प्रहरीको हिरासतमा राखिएको छ।

भारतले खालिस्तान अभियानका मुख्य व्यक्ति अमृतपाल सिंह नेपालमा रहेको आशंकामा सतर्क रहन आग्रह गरेको थियो। तर उनी भने अझै फेला परेका छैनन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *