गाजामा आक्रमण : ५ इजरायली सैनिकको मृत्यु, ७ घाइते

एजेन्सी । उत्तरी गाजा स्ट्रिपको जबलिया शरणार्थी शिविरमा इजरायलले गरेको गोलीबाट पाँच इजरायली सैनिकको मृत्यु भएको छ । सात जना घाइते भएका छन् ।

जसमध्ये तीनजना गम्भीर रहेको इजरायल रक्षा बल (आईडीएफ) ले जनाएको छ । शरणार्थी शिविरमा पुनः सुरु गरिएको आक्रमणको एक भागको रूपमा गाजा सहरमा प्रवेश गर्ने र भवनहरू कब्जा गर्ने बलको साथमा आक्रमण भएका थिए ।

सेनाले ती सैनिकहरूलाई प्यालेस्टाइनी लडाकु भनेर गलत पहिचान किन गरियो भन्ने अनुसन्धान भइरहेको बताएको छ । हमासले अक्टोबर ७ मा गरेको आक्रमण र गाजामा इजरायलले गरेको आक्रमणमा कुल ६२६ सैनिक मारिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *