इण्डोनेसियाको लाभा बाढी : मृत्यु हुनेको संख्या ५७ पुग्यो, २२ जना अझै बेपत्ता

एजेन्सी । इण्डोनेसियामा लाभा बाढीबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ । अन्य २२ जना अझै बेपत्ता भएको बताइएको छ ।

पश्चिम सुमात्रा प्रान्तको विपद् व्यवस्थापन र न्यूनीकरण एजेन्सीको पुनः स्थापना र पुनर्निर्माण इकाईका प्रमुख इल्हाम वहाबले बेपत्ता भएका २२ जनालाई खोजी र उद्धार कार्यको लक्ष्य हुने बताए ।

यस क्षेत्रमा धेरै शव फेला परेको बताइएको छ । शनिवार राति आएको चिसो लाभा बाढीले तनह दातार, आगम र परियामान र पडाङ पञ्जाङ नगरका घर, भवन, सडक र अन्य पूर्वाधारमा क्षति पुर्याएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *