गाजाबाट १७ अमेरिकी डाक्टरको उद्धार

इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा फसेका २० अमेरिकी डाक्टरमध्ये १७ जनाको सुरक्षितरूपमा उद्धार गरिएको राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले बताएका छन्।

हाल उनीहरु बाहिर आएका छन् सबै जनाले बाहिर जान चाहेकोमा सोही बमोजिम भएको र अन्य तीनजनाका लागि नबोल्ने उनको भनाइ छ। उनीहरुको उद्धार जेरुसेलमस्थित अमेरिकी दूतावासको सहयोगमा सम्भव भएको विदेश विभागका प्रवक्ताले जनाएका छन्। उनले अमेरिकी डाक्टरहरू संलग्न समूह र उनीहरुका परिवारसँग सम्पर्कमा रहेको बताए।

गाजा नछोड्ने निर्णय गरेका तीनजना डाक्टरसमेतले दूतावासले आफ्नो प्रस्थानलाई सहज बनाउने कुरा बुझेको उद्धृत गर्दै सिएनएनले रिपोर्ट गरेको स्रोतले जनाएको छ। दूतावासको टोलीले सीमामा डाक्टरलाई स्वागत गर्न केरेम शालोम क्रसिङ्गमा यात्रा गरेको स्रोतले जनाएको छ।

इजरायलले राफाहबाट इजिप्टको सीमा क्रसिँग बन्द गरेपछि त्यहाँ फसेका २० अमेरिकी डाक्टरमध्ये १७ को प्रस्थानपछि सहायता संस्थाले डाक्टरहरूलाई गाजामा फिर्ता ल्याउने चुनौतीको सामना गर्नुपर्ने सिएनएनले जनाएको छ।

नफर्किने निर्णय गर्ने डाक्टरमध्ये एक डा एडम हामावी छन्। उनले २० वर्ष पहिले पनि इराकमा जीवन बचाउन मद्दत गरेका थिए। यस मामिलासँग परिचित स्रोतका अनुसार उनी प्यालेस्टिनी र अमेरिकन मेडिकल एसोसिएसनसँग गाजा गई अन्य डाक्टरले जिम्मेवारी पुरा नगरी छोड्नु उचित नभएको महसुस गरेको सिएनएनले स्रोतलाई उद्धृत गर्दै रिपोर्ट गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *