उत्तरपश्चिम भारतमा तातो लहरको चेतावनी

एजेन्सी । भारतीय मौसम विज्ञान विभागले बिहीबार उत्तरपश्चिम भारतको लागि तातो लहरको चेतावनी जारी गरेको छ ।

जसमा राष्ट्रिय राजधानी क्षेत्र समावेश छ । आगामी चार दिनमा उत्तरपश्चिम र पूर्वी भारतमा अधिकतम दैनिक तापक्रममा ३–४ डिग्री सेल्सियसले वृद्धि हुने अनुमान गरिएको छ । दिल्ली राष्ट्रिय राजधानी क्षेत्र (एनसीआर) ले पहिले नै लगभग ४० डिग्री सेल्सियसको तापक्रम सहन गरिरहेको छ । तर गर्मी शनिवार सम्म ४५ डिग्रीमा पुग्ने हुने अपेक्षा गरिएको छ ।

आईएमडीले पश्चिमी राजस्थान, पश्चिमी उत्तर प्रदेश, पञ्जाव र दक्षिणी हरियाणाले शनिवारसम्म गर्मीको लहरको सामना गर्नसक्ने बताएको छ । सरकारी निकायले स्थानीयलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *