अमेरिकी संग्रहालय क्युरेटर तस्करीको आशंकामा टर्की हिरासतमा

एजेन्सी । टर्कीको सबैभन्दा ठूलो इस्तानबुल एयरपोर्टमा टर्की प्रहरीले एक अमेरिकी संग्रहालय क्युरेटरलाई हिरासतमा लिएको छ । उनको सुटकेसबाट १५ सय स्थानीय बिच्छी, माकुरा र टारान्टुलाहरू बरामद गरेको छ ।

इस्तानबुलको तस्करी विरोधी प्रहरी टोलीले विमानस्थल सुरक्षासँगको सहकार्यमा अपरेसन सुरु गरेको हो । अमेरिकी राष्ट्रिय प्राकृतिक इतिहास संग्रहालयका क्युरेटर लोरेन्जो प्रेन्डिनीको सुटकेसमा ८८ बोतल तरल पदार्थसहित ५८ क्लिप–अनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

यो तरल कथित रूपमा बिच्छीको विषबाट व्युत्पन्न एक औषधि हो । जसको मूल्य प्रतिलिटर १० मिलियन अमेरिकी डलर छ । टर्कीमा त्यस्ता जनावरहरूलाई विदेश पठाउन निषेध गरिएको छ । प्रिन्डिनीलाई स्थानीय प्रजाति अमेरिकामा तस्करी गर्ने प्रयास गरेको आरोपमा प्रहरीले हिरासतमा लिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *